
विराटनगर । ट्याक्टर चोरीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले ३ जनालाई पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका– १३ बहेडवाका देवनारायण चौधरीको घरबाट स १ त २८२३ नम्बरको ट्याक्टर चोरी गरेको आरोपमा
शुक्रबार त्रियुगा– १३ फुलजोरबाट ट्याक्टर र ट्याक्टर चोरीमा संलग्न उदयपुको चौदण्डिगढी नगरपालिका– ७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डिगढी– ५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरीलाई पक्राउ गरेको हो ।
उनीहरूले प्रयोग गरेको बा६३प ५४७५ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

























