
काभ्रेपलाञ्चोक । कारागारबाट भागेका कैदीले पत्नीको हत्या गरेका छन् । नख्खु कारागारबाट भागेका काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ गागलका सन्तबहादुर तामाङले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार करिब ३६ वर्षीय तामाङले पत्नी ३ वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा जेलबाट भागेका थिए ।
जबरजस्ती करणीको आरोपमा जेल भुक्तान गर्दै आएका उनले कारागारबाट फरार भएपछि पत्नीको हत्या गरेका हुन् । पत्नीको हत्या गरेर फरार बनेका तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























