सीआईबी प्रमुखको जिम्मेवारी एआईजी केसीलाई

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार २०:०४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेका प्रहरी अधिकारी मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुख बनाएर पठाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । केसी तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको दबाबका कारण अवधि पूरा नगरिकन जिम्मेवारीबाट हटाइएका थिए ।

उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेतलाई पक्राउ गरेको थियो । जसका कारण एमाले–कांग्रेस गठबन्धनको सरकारले उनलाई महत्वपूर्ण पोष्टिङ दिएको थिएन । हाल उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले २०७९ चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल र भण्डारीको बयानबाट गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू पनि संलग्न रहेको खुलेको थियो ।

यसअघि सीआईबी प्रमुख रहेका चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । खापुङ आईजीपी बनेपछि सीआईबी कार्यवाहकको नेतृत्वमा सञ्चालन भइरहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.