
विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका मध्ये केही कैदी फर्किएका छन् । कारागारबाट १ हजार ५ सय ७५ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ८ सय ४६ जना अझै फरार छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति आन्दोलनकारी कारागार पुगेर कैदीलाई भगाएका थिए ।
हाल कारागारमा ९ सय ५० जना मात्र कैदीबन्दी रहेको कारागारका सूचना अधिकारी राम निरौलाले बताए । अझै ८ सय ४६ जना कैदीबन्दी फरार छन् ।

























