पर्सामा भारतीय नागरिक चरेससहित पक्राउ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १४, मंगलबार १४:०५
पर्सामा भारतीय नागरिक चरेससहित पक्राउ

काठमाडौं । पर्साको छिपहरामाईबाट लागुऔषध चरेससहित सशस्त्र प्रहरीले १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारी टोलबाट भारत बेतियाका ३१ वर्षीय गुलाम महमदलाई ९ किलो ५२२ ग्राम चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा भिष्वा–जानकी टोला सडक खण्ड हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा गुलाम सवार बीआर २२ जे ३५५० नम्बरको मोटरसाइकलमा फल्स बटम बनाइ लुकाइएका १९ वटा प्लास्टिक प्याकेटमा चरेस भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुलामलाई बरामद चरेससहित आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.