सुनसरीबाट ५ सय केजी गाँजासहित १ जना पक्राउ

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २०, सोमबार १३:२१
सुनसरीबाट ५ सय केजी गाँजासहित १ जना पक्राउ

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

कोशी गाउँपालिका–७ का ४५ वर्षीय दिनेश यादवलाई लागुऔषध गाँजासहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भन्टाबारीको टोलीले असोज १९ गते राति धान बारीमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको हो ।

टोलीले धान बारीभित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाइ राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको गरेको प्रहरीले जनाएको  छ ।

गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न रहेको आरोपमा यादव समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.