
काठमाडौं । धादिङमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेललाई आमाको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यमबहादुरले ५५ वर्षीया आमा राममाया कँडेललाई आइतबार राति धारिलो हतियार (खुँडा) प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आमाको किन हत्या गरेको खुल्न सकेको छैन । घटनामा प्रयोग भएको हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























