सप्तरीमा मन्दिरका पुजारीको गोली हानी हत्या

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १०:०८
सांकेतिक तस्बिर

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको हत्या भएको छ। ७३ वर्षीय पुजारी साहको आज (आइतबार) बिहान २ बजेतिर अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

गाउँको पूर्वपट्टि रहेको मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारीलाई सडकमा निकालेर पछाडिबाट गोली हानिएको स्थानीयले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

घटनास्थलबाट प्रहरीले गोलीका दुईवटा खोका फेला पारेको छ। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिहरूमाथि जाँच तीव्र पारिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.