
ललितपुर । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको घरमा चोरी गर्नेले धरौटीबापतको रकम बुझाउन सकेनन् ।
कार्कीको घरबाट ६४ लख बराबरको सुनचाँदी चोरेको आरोपमा पक्राउ परेका २ जनासँग ललितपुर अदालतले जनही ३० हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि दुवै जनालाई कारागार चलान गरिएको छ ।
पूर्वमन्त्री कार्कीको घरमा जेनजी आन्दोलनका क्रममा चोरी भएको थियो । कार्कीले दिएको जाहेरीका आधारमा प्रहरीले उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भई सोही ठाउँमा बस्ने ३० वर्षीय सञ्जय परियारलाई पक्राउ गरेको थियो ।
मुद्दा दर्ता भएपछि उनीहरुसँग अदालतले धरौटीबापतको रकम माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि दुवै जना कारागार चलान भएका छन् ।

























