डेरामा बसेर लागुऔषधको कारोबार, उर्लाबारीबाट १ जना पक्राउ

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार १६:३६
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित १ जनालाई पक्राउ गरेको छ ।

झापाको गौरादह नगरपालिका–६ का ४३ वर्षीय मोहनसिंह बारहीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार गौरादह घर भएका बारही उर्लाबारी–७ का गोरख खड्काको घरमा डेरा बस्दै आएका थिए ।

डेरामा बसेर लागुऔषधको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार राति ९ः३० बजेतिर बारहीको कोठामा छापा हानेको थियो । त्यस क्रममा उनको कोठाबाट १७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी डीएसपी चुँडालले दिइन् ।

बरामद भएको लागुऔषधसहित बारहीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउनलाई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.