
काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंको दरबारमार्गबाट लुटिएको गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेका छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिष गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालीगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापा मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ। ।
प्रहरीका अनुसार गिरीकै बयानका आधारमा झापाका थापा मगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ ।
उनीहरू दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























