आगजनी र लुटपाटमा संलग्न पूर्वसैनिक पक्राउ

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ११, मंगलबार १४:१६

काठमाडौँ । भदौ अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटमा संलग्न आरोपमा १ जना पूर्वसैनिक पक्राउ परेका छन् । भदौ २४ मा बानेश्वरस्थित ग्लोबल कलेज र प्र्रहरी वृत्त गौशालामा आगजनी गरेको आरोप उनीमाथि लागेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१ घर भएर धापासी बस्दै आएका २७ वर्षीय भुवन शाही छन् ।

उनलाई सोमबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार प्रहरी वृत्त गौशालामा तोडफोड, आगजनी र लुटपाटमा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

२०७४ मा नेपाली सेनामा भर्ना भएका उनी बर्खास्तीमा परेका थिए । नक्कली चालक अनुमति पत्र पेस गरेर सेवा प्रवेश गरेको भेटिएपछि जङ्गी अड्डाले उनलाई २०७५ मा बर्खास्त गरेको थियो । आन्दोलनमा उनले लुटेको प्रहरीको राइट कन्ट्रोल गियरको हातमा लगाउने भाग र ग्लोबल कलेजको ट्रफी २ थान प्रहरीले बरामद गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.