
काठमाडौं । काठमाडौंबाट प्रहरीले २ जनालाई हतियारसहित पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढल्कुबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१७ नयाँ बजार बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई हाल काठमाडौं–१६ क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपाली रहेका छन् ।
उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान म्यागेजिन र १२ राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

























