
विराटनगर । झापाको शिवसताक्षीस्थित माईधारबाट बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ती युवाको शव झापाकै बाह्रदशी गाउँपालिकामा भेटिएको हो ।
मृतक शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्मा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार शर्माको हत्या भएको र हत्यामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरिसकिएको छ। शवको अवस्थाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
३३ वर्षीय शर्मा कात्तिक ९ गते आफ्नो बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कारसहित बेपत्ता भएका थिए । उनले चलाएको कार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा यसअघि नै फेला परेको थियो ।
शर्माको हत्यामा माईधारकै एक युवा र उनको समूह संलग्न रहेको स्रोतको भनाइ छ । संलग्नमध्ये एक जना यसअघि मोटरसाइकल चोरी तथा लागुऔषध मुद्दामा पनि पक्राउ परेका व्यक्ति हुन् ।

























