पाँचथरमा छोराले गरे बुवाको हत्या 

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार १२:२१

विराटनगर । पाँचथरको हिलिहाङमा वृद्धि बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

हिलिहाङ गाउँपालिका–१ फेदापका ३१ वर्षीय सन्देश राईलाई आफ्नो बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार कात्तिक १६ गते सन्देशले बुवा ६९ वर्षीय युवराज राईलाई काठको मुग्रोले प्रहार गर्दा को घटनास्थलमै मृत्यु भएको हो ।

कात्तिक १६ गते आइतबार बिहान साढे १० बजेतिर बुवा छोरामा विवाद हुँदा रिसको आवेशमा सन्देशले काठको मुग्रोले बुवाको शरीरका विभिन्न ठाउँमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरको टोलीले सन्देशलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

कानुनी प्रक्रिया पूरा गरेर  मृतकको लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । हत्यामा संलग्न राईको नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थोलेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.