स्रोत नखुलेको २३ लाखसहित दमकका २ जना सप्तरीमा पक्राउ

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार १३:३९
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

विराटनगर । सगरमाथा राजमार्गको गाईघाट–कदमाहा सडक खण्डमा स्रोत नखुलेको रुपैयाँसहित २ जनालाई प्रहरी पक्राउ गरेको छ ।

गाईघाटतर्फ जाँदै गरेको गाडीलाई आइतबार राति ९ बजेतिर सप्तरीको सुरुङ्गा नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको नेतृत्व टोलीले शंका लागी चेक गर्दा स्रोत नखुलेको रुपैयाँसहित २ लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको गाडीलाई चेक गर्ने क्रममा २३ लाख रुपैयाँ, विभिन्न इलेक्ट्रोनिक उपकरणसहित झापा दमकका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

झापा दमक नगरपालिका–५ का २८ वर्षीय किरण सिटौला र सोही ठाउँका १९ वर्षीय धिरज प्रसाईंलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवार गाडीबाट साइकलमा हावा हाल्ने पम्प १ सस थान, इलेक्ट्रिक रिक्साको मोटर ३ थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री ३ थान, ब्याट्री चार्जर ७ थान, ब्याट्री टेस्टर १ थान प्रहरीले बरामद गरेको छ ।

सप्तरीको इलाका प्रहरी कार्यालय कडरबोनामा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.