आपराधिक गतिविधिमा संलग्न ६ जना पक्राउ

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार ०८:४०

विराटनगर । संखुवासभाको चैनपुरमा ‘आपराधिक लाभ कसुर’ मा संलग्न रहेको आरोपमा ६ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले प्युठान घर भई हाल चैनपुर बसोबास गर्ने ३० वर्षीय केबी पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लव आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन यसमाली मगरलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५ घर भइ हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीलाई ती व्यक्तिहरूले मोटरसाइकल रोकेर कुटपिट गर्दै चाबी खोसेका थिए ।

त्यसपछि चौधरीलाई जबरजस्ती पदमबहादुर यसमाली मगरको घरमा लगेर सिसाको बोतल फुटाउँदै मारिदिने धम्की दिँदै जबरजस्ती भिडियो खिचिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.