जेनजी प्रदर्शन : ११ जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘हतियार लुटपाट’ मा मुद्दा दर्ता

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार १६:४१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौँ । गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण, हतियार लुटपाट र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गौतम घिसिङसहित ११ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रहरी प्रतिवेदन अनुसार प्रदर्शनका क्रममा दोलखाका ४८ वर्षीय मुख्य अभियुक्त गौतम घिसिङको नेतृत्वमा रहेका आन्दोलनकारीहरूले प्रहरीलाई नियन्त्रणमा लिएर गालीगलौज र धम्की दिएका थिए । अभियुक्त घिसिङले बयानमा आफूहरूले भिएस निकेतन कलेजको पाँचौँ तलामा पुगेका प्रहरीलाई तल ओरालेर पोसाक खोल्न लगाएको र बागमती खोलामा हाम फाल्न लगाई ढुङ्गा मुढाले कुटपिट गरेको स्वीकारेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा घिसिङसहित ११ जनालाई ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव गर्न नहुने कसुर’ मा मुद्दा दर्ता गरेको हो। हतियार लुटपाट गरी तस्बिर प्रदर्शन गर्ने र आक्रमणमा संलग्न भएका अन्य अभियुक्तहरू- हतियार लुटपाट गर्ने: सिन्धुली मरिण गाउँपालिकाका कुमार रोक्का छन् ।

अन्य संलग्नहरूमा रौतहट राजपुरका अंशुकुमार गुप्ता, धनुषा हंसपुरका अजयकुमार साह, सप्तरीका देवराज राय, काठमाडौँका उत्कर्ष श्रेष्ठ, रौतहटका लकिबाबु जयसवाल र सौरभ यादव, सिन्धुपाल्चोकका धिरज थापा, धनकुटाका नवीन राई, र पाल्पाका विवेक बस्नेत छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.