प्रहरी जवान थापाको हत्या : २ नाबालकविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार १९:२९

काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध बाल अदालत भक्तपुरमा बिहीबार मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले प्रहरीको रायसहितको प्रतिवेदनका आधारमा दुवै नाबालकविरुद्ध ज्यान सम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

सादा पोसाकमा ड्युटीमा खटिएका प्रहरी जवान थापालाई प्रदर्शनकारीहरूको समूहले ढुङ्गा र रडले अन्धाधुन्ध प्रहार गरेपछि घिसार्दै सडकको बीचमा ल्याएर छाडेका थिए ।

अभियोगपत्रमा उल्लेख भएअनुसार, आन्दोलनकारीको आक्रमणबाट प्रहरी जवान थापालाई कार्यालयबाट लछारपछार गर्दै बाहिर निकालिएको थियो । त्यसपछि भाटभटेनी सुपरमार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुङ्गालगायतका गह्रुँगो वस्तुले बारम्बार प्रहार गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरिनु उल्लेख छ ।

घटनामा संलग्न दुवै नाबालकले बयानका क्रममा आफूहरू घटनामा संलग्न रहेको स्वीकार गरेका छन् । उनीहरूले आन्दोलनको पहिलो दिन ‘प्रदर्शनमा सहभागी युवामाथि गोली चलाएर मारिएको सुनेपछि आक्रोश बढेको’ बताएका छन् ।

सोही आक्रोशमा महाराजगञ्जमा पुग्दा प्रहरी कार्यालयमा तोडफोड भइरहेको देखेर आफूहरू पनि त्यसमै मिसिएर प्रहरीमाथि आक्रमण गरेको बयान अभियोगपत्रमा उल्लेख छ । प्रहरीले बुझाएको प्रतिवेदनमा घटनाको विस्तृत विवरण र प्रमाण समावेश गरिएको छ, जसको आधारमा बाल अदालतमा अब कारबाही अघि बढ्नेछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.