गाँजा र प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २२, शनिबार १०:१७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा प्रहरीले शुक्रबार एकै दिन ठूलो परिमाणको लागू औषध र प्रतिबन्धित औषधसहित ६ जनालाई पक्राउ गरेको छ । सुनसरीको बर्जुबाट २ सय ५७ किलोभन्दा बढी गाँजा बरामद भएको छ ।

झापाको भद्रपुर नगरपालिका–५ बाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–७ का २६ वर्षीय विशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय रोहित कटुवाल लाई १ ग्राम १११ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङ, धनकुटा र उदयपुरबाट प्रतिबन्धित औषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका–१ मा ३२ वर्षीय विज्ञान राईले आफ्नो घरमा लागू औषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले छापा मारेको थियो । प्रहरीले राईलाई उनको घरबाटै ट्रामाडोल ४७० चक्की, डिक्लो ४७० ट्याब्लेट र १८० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

त्यस्तै, धनकुटा नगरपालिका–६ बाट प्रहरीले तिलक भुजेल र मौसम राई लाई ट्रामाडोल ११० क्याप्सुल, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।

उदयपुरको कटारी नगरपालिका–४ मा पनि इलाका प्रहरी कार्यालय कटारीले ३१ वर्षीय जित बहादुर थापा मगर लाई १९० ट्याब्लेट प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको जनाएको छ।

सुनसरीको बर्जु गाउँपालिका–५ स्थित भित्री सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुहबी र सितागंजबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको हो ।

गाडी चालक भने फरार रहेकाले उनको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.