जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित बिर्तामोडबाट २ जना पक्राउ

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार १६:०८
फाइल फोटो ।

विराटनगर । जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित झापाको बिर्तामोडबाट २ जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–२ राम चोकबाट बुधबार अपरान्ह उनीहरु पक्राउ परेका हुन् ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बाह्रदशी गाउँपालिका–४ चकचकी घर भइ बिर्तामोड–२ स्थित लालबहादुर गिरीको घरमा डेरा बस्दै आएकी २७ वर्षीया ईस्रप खातुन र बिर्तामोड–२ का २२ वर्षीय विकाश टुडूलाई पक्राउ गरिएको हो । खातुनको कोठा खानतलासी गर्दा गोली, प्रहरीका बुटलगायत फेला परेको खड्काले बताए ।

उनका अनुसार खातुनको कोठाबाट एसएलआर राइफलको २८ राउण्ड र इन्सास राइफलको १६ राउण्ड गोली बरामद भएको छ । त्यस्तै, प्रहरीको १ जोडी बुट, काँसको थाल, करुवा र पित्तलको गिलाससमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त गोलीसहितका सामान पक्राउ परेका टुडूले लुटेको र खातुनको कोठामा लागेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गत भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरेर प्रहरीका हतियार र गोली लुटपाट गरेको थियो ।

त्यतिबेला लुटपाट गरिएका हतियार र गोली फेला पर्ने क्रममा छन् । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए ।

उक्त आन्दोलनका बेला आगजनी र तोडफोडमा संलग्न केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डीएसपी खड्काले अपराधिक गतिविधिमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.