जेनजी आन्दोलनमा भागेका थुनुवा आफैं सम्पर्कमा आए

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३०, आइतबार ११:३०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । झापामा जेनजी आन्दोलनको मौका छोपेर प्रहरी हिरासतबाट भागेका थुनुवा आइतबार बिहान आफैं सम्पर्कमा आएका छन् ।

झापाको कचनकवल गाउँपालिका–६ घर भई काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङ बस्दै आएका १८ वर्षीय अशोक रिमाल गत भदौ २४ गते भागेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट भागेका उनीमाथि प्रहरीले सवारी अंगभंग मुद्दा चलाउन अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान जारी रहेका बेला जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते फरार भएका थिए । रिमाल आइतबार बिहान ९ः३० बजेतिर आफैं सम्पर्कमा आएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार प्रहरीको सम्पर्कमा पुगेका रिमाललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । सवारी दुर्घटना गराएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेका बेला रिमाल भागेका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.