इटहरीमा फार्मेसीबाट लागुऔषधको कारोबार, दम्पती पक्राउ

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १, सोमबार १०:५७

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित ‘नसिव फार्मेसी’बाट लागुऔषधको कारोबार भइरहेको पत्ता लागेको छ ।

लागुऔषध कारोबार गर्ने फार्मेसीमा प्रहरीले आइतबार राति छापा हानेको छ । लागुऔषध बेचबिखन गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेर फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ ।

प्रहरीले इटहरी–१२ को नसिव फार्मेसी’मा छापा हानेर फार्मेसी सञ्चालक ५० वर्षीय नसिवनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पक्राउ गरेको हो । लुकाइछिपाइ सिमन्टको बोरामा राखिएको लागुऔषध प्रहरी पुगेपछि सम्झनाले छतमाथिबाट बाहिर फालेकी थिइन् ।

नसिवलाई घरको आँगनबाटै र सम्झनालाई छतबाट लागुऔषध बाहिर फाल्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमाडोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको छ ।

बोरा प्याक गरेर फाल्दै गरेको अवस्थामा ट्रमाडोल र शयनकक्षमा लुकाएर राखिएको डिकोलिक बरामद भएको जानकारी प्रहरीले दिएको छ । पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.