
काठमाडौँ । सरकारले दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारी दिएको छ । चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त नियुक्ति दिइएको हो ।
सुरक्षण मुद्रण कोषमा कम्प्युटर अधिकृत (करार सेवामा) पदमा मगियालाई रोजगारी उपलब्ध गराइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले मगियालाई नियुक्ति पत्र हस्तान्तरण गरे। नियुक्ति पत्र लिँदा मगिया भावुक बनेकी थिइन्।

























