खैरो हेरोइनसहित सुनसरीबाट २ जना पक्राउ

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १९:५६

विराटनगर । सुनसरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित आइतबार दिउँसो २ जना पक्राउ परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ का २९ का दिलिपकुमार मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका–६ का २३ को शिवदत्त मण्डल पक्राउ परेका हुन् ।

उनीहरुलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–४ स्थित पूर्व बस स्टेण्डनजिकबाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।

त्यस क्रममा दिलिपकुमार मण्डलको साथबाट २ वटा बट्टाभित्र प्लास्टिकको पोकामा प्याक गरेर राखिएको लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु २ सय २ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको र लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.