विराटनगरबाट खैरो हेरोइनसहित रोजन पक्राउ

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ८, सोमबार १८:२४
फाइल फोटो

विराटनगर । विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित सोमबार १ जना युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१३ का २७ वर्षीय रोजन राई पक्राउ परेका हुन् ।

भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका राईलाई अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले विराटनगर–१७ मटेरुवाबाट अपरान्ह करिब १२ बजेतिर पक्राउ गरेको हो । शंकास्पद रुपमा हिँड्दै गरेका उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट ४६.६७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने पहरीको तयारी छ । रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले राईमाथि थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.