
विराटनगर । मोरङबाट प्रतिबन्धित औषधिसहित बिहीबार साँझ १ जना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–४ का २६ वर्षीय तुलाराम देवान पक्राउ परेका हुन् ।
पथरीशनिश्चरे–४ सिरिसे डाँडाबाट उनलाई साँझ ६ः५० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा देवानको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल २ सय क्याप्सुल, डाईजी २ सय ४ ट्याब्लेट र हेल्थी लाइफ ५२ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएर पथरी प्रहरीको हिरासतमा राखिएका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























