
विराटनगर । विराटनगर महानगरपालिका – १२ मा विहे भोजमा एक युवकमाथि खुकुरी प्रहार भएकाे छ । खुकुरी प्रहार गर्ने व्यक्तिलाई मोरङ प्रहरीले घटना भएको २ घण्टा नबित्दै पक्राउ गरेको छ ।
निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा विराटनगर – ८ का ३७ वर्षीय नवीन राईमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारपछि फरार भएका विराटनगर–८ का राजिव वैद्यलाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार घाइते राईको अवस्था खतरामुक्त छ । पक्राउ परेका वैद्यमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्ने प्रहरीकाे तयारी छ ।

























