प्रहरी कार्यालयमा खाल्डाे खनेर पुरियाे ५५ सय किलो गाँजा

Share this
625shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १८:५७

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ५ हजार ५ केजीभन्दा बढी गाँजा नष्ट गरेको छ । विभिन्न मितिमा बरामद भएको पाँच हजार ५ सय २७ भन्दा किलो गाँजा शुक्रबार प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरेको हो ।

बरामद गरिएको गाँजा खाल्डो खनेर नष्ट गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार जलाउँदा वातावरणमा असर गर्ने भएकाले खाल्डो खनेर गाडिएको हो ।

‘जलाएर नष्ट गर्दा वातावरणमा प्रभाव पर्नुका साथै स्थानीयवासीलाई धूँवाले समस्या गरेको गुनासो आएपछि खाल्डो खनेर पुरी नष्ट गरेका हौं,’ उनले भने,‘बाहिर जलाउँदा र खाल्डोभित्र पुरेर छाड्दा केही व्यक्तिले खनेर लैजाने गरेको भेटिएपछि कार्यालय हाताभित्रै नष्ट गरिएको हो ।’

कोशी प्रदेशको पहाडी क्षेत्र धनकुटा, भोजपुरमा व्यसायिक रुपमा गाँजा खेताी हुने र त्यहाँबाट तस्करी हुँदै मोरङ, सुनसरी र झापाको सीमा भएर भारत जाने गरेको छ । प्रहरीले सीमा क्षेत्रबाट गाँजा बरामद गर्दै आएको छ ।

गाँजा नेपाली बजारमा सस्तोमा बिक्री हुन्छ । भारतमा पुगेपछि महंगो मूल्यमा बिक्री हुन्छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.