
विराटनगर । विराटनगरबाट अपहरणकारी भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई पक्राउ सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भएका गुप्ता काठमाडौंको नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते कारागारबाट भागेका उनी विराटनगर आएर लुकिछिपी बसेको पाइएको छ ।
विराटनगर महानगरपालिका–७ मा लुकेर बसेका गुप्तालाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो । गुप्तालाई सोमबार नै प्रहरीले मोरङ कारागारमा बुझाएको छ ।

























