इटहरीबाट खैरो हेरोइनसहित २ जना भारतीय पक्राउ

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १८:५६
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । सुनसरीको इटहरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको अररिया फारवेशगन्जका ३० वर्षीय सुरजकुमार सोनार र २५ वर्षीय केशवकुमार ठाकुर पक्राउ परेका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले मंगलबार साँझ कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२ बाट पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट १३.४४ ग्राम खैरो हेरोइन बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गर्ने बीआर ३८ टी ३५९६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.