धरानको कालीखोलाबाट ३३० किलो गाँजा बरामद

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १८:२०

विराटनगर । सुनसरीको धरानबाट प्रहरीले ३ सय ३० किलाे गाँजा बरामद गरेको छ । शुक्रबार राति प्रहरीले धरान उपमहानगरपालिका –२० कालीखोला किनारबाट ३ सय ३० किलाे गाँजा बरामद गरेकाे हाे ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले राति ९:१० बजेको समयमा उक्त गाँजा बरामद गरेको थियाे ।

धनकुटाबाट धरानतर्फ पैदल आउँदै गरेका मानिसहरू प्रहरीको गस्ती टोलीलाई देख्नासाथ आफूले बोकेका बोराहरू बाटोमै छाडी भागेका थिए । शंकास्पद अवस्थामा छाडिएका बोरामा ३३० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.