विराटनगरकाे क्यासिनोबाट पक्राउ परेका २० मध्ये १७ जनालाई मुद्दा

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ७, सोमबार १८:३४

विराटनगर ।  विराटनगर महानगरपालिका– ११ मा रहेको रत्ना होटल र बिग होटलको क्यासिनोबाट पक्राउ परेका मध्ये १७ जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

आइतबार राति प्रहरीले दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ३ जनालाई छाडेको प्रहरीले १७ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरू गरेको हो ।  बिग हाेटलकाे क्यासिनाेबाट समातिएका ३ जनालाई भने प्रहरीले छाडेकाे छ ।

आइतबार राति मोरङ प्रहरीले होटल रत्नाभित्र रहेको गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपालीलाई पक्राउ गरेको  थियाे । पक्राउ पर्नेमा क्यासिनोका व्यवस्थापक, कर्मचारी र खेल्न पुगेका व्यक्तिहरू छन् । पूर्वाञ्चल विश्वविद्यालयका शिक्षकदेखि जेनजी आन्दोलनका अगुवा पनि छन् ।

क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । नेपालीलाई खुला रुपमा प्रवेश दिइएको गुनासोपछि छापा मार्ने क्रममा प्रहरीले क्यासिनो भित्र रहेका नेपालीसँग नक्कली भारतीय आधार कार्ड पनि फेला परेको थियो ।

दुईवटा होटलबाट पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा रहेको जुवा कसूर अनुसार ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

रत्ना होटलको गोल्डेन कोईन क्यासिनोमा पक्राउ परेकाहरु 

१. जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा. वडा न.- ६ बस्ने वर्ष ४३ को लोकेन्द्र बहादुर बस्नेत ।
२. जिल्ला झापा मेची न.पा.-७ हाल जिल्ला मोरङ विराटनगर म.न.पा.वडा -०६ वर्ष  ४० को रोशन गिरी ।
३. जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं.१ बस्ने वर्ष २६ को कृष्ण कुमार कुर्मी ।
४. जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं.- १ बस्ने वर्ष २४ को विवेककुमार मण्डल ।
५. जिल्ला रामेछाप सुनापति गा.पा.वडा नं. ४ बस्ने राज लामा भन्ने मणी लामा योन्जन ।
६. जिल्ला सुनसरी ईटहरी उप-म.न.पा.-५ बस्ने वर्ष २७ को रुपेश दाहाल ।
७. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. -४ बस्ने वर्ष २३ को आदेश बि.क. ।
८. जिल्ला मोरङ बुढिगंगा गा.पा. २ बस्ने वर्ष ४२ को महमद जाकिर हुसेन ।
९. जिल्ला मोरङ विराटनगर म.न.पा.वडा न.- १ बस्ने वर्ष ४५ को तेजराज गिरी ।
१०. जिल्ला झापा दमक न.पा.-४ बस्ने वर्ष ४० को घनश्याम गिरी ।
११. जिल्ला मोरङ कटहरी गा.पा.वडा नं.४ बस्ने वर्ष २६ को सुरज राय ।
१२. जिल्ला उदयपुर चौदण्डीगढी न.पा. ५ को वर्ष ३८ को संतोष बस्नेत ।
१३. जिल्ला सुनसरी इटहरी उप-म.न.पा. वडा नं.०८ बस्ने वर्ष २९ को प्रमोद घिमिरे ।
१४. जिल्ला मोरङ बिराटनगर म.न.पा.-७ बस्ने वर्ष २७ को पवन गोस्वामी ।

 बिग होटलको च्याम्पियन जोन क्यासिनोमा पक्राउ परेका मानिसहरु :
१. जिल्ला काभ्रे बनेपा न.पा.वडा नं. ११ बस्ने वर्ष ४५ को राम कृष्णगौतम ।
२. जिल्ला बैतडी दशरथचन्द न.पा.वडा नं.८ बस्ने वर्ष ५३ को हरि भट्ट ।
३. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.८ बस्ने वर्ष साजन साह ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.