सुन्धारा कारागारबाट भागेका कैदीको भारतमा मृत्यु

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १२, शनिबार १२:४४

विराटनगर । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीको भारतमा मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ निवासी ४० वर्षीय आलम मियाको भारतको हिमाञ्चल प्रदेशमा मृत्यु भएको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट मिया  फरार भएका थिए ।

अदालतको फैसला अनुसार जबरजस्ती करणी कसुरमा विगत ४ वर्षदेखि जेल जीवन बिताइरहेका उनी फरार भएपछि भारत पुगेका थिए । भारतको हिमाञ्चल प्रदेशस्थित पानी प्रशोधन कम्पनीमा काम गरिरहेकै अवस्थामा गत पुस १० गते मिया अचानक बेहोस भएर ढलेका थिए । तत्काल उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।

मृतकको शवलाई उनका आफन्तले भारतको गलगलिया हुँदै नेपालको भद्रपुर सिमानाकाबाट बिर्तामोड ल्याएका छन् ।

झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले फरार कैदीको मृत्यु भएको र शव नेपाल ल्याइएको पुष्टि गर्दै यसबारे थप बुझ्ने कार्य भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.