‘जेनजी’ अभियन्ता भनिने शाही: सुन ठगी र बैंकिङ कसुरमा अनुसन्धान

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १२:२४

काठमाडौँ । आफूलाई ‘जेनजी’ अभियन्ता भन्दै सरकारी कार्यालयहरूमा पुगेर धम्की दिने गरेका अर्जुन शाही पुनः पक्राउ परेका छन् । बुधबार साँझ ठमेलको कालधाराबाट पक्राउ परेका शाहीमाथि प्रहरीले अहिले ठगी र बैंकिङ कसुरको मुद्दामा अनुसन्धान अघि बढाएको छ । अहिले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहीविरुद्ध दुईवटा मुख्य उजुरी परेका छन् ।एक व्यक्तिको ८ तोला बराबरको सुन ठगी गरेको र ११ लाख रुपैयाँ बराबरको चेक बाउन्स (बैंकिङ कसुर) गरेको उजुरी परेका छन् ।

प्रहरीले यी दुवै कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अछाम घर भएका २६ वर्षीय शाहीले ‘जेनजी आन्दोलन’को नाममा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवेदनशील निकायमा पुगेर अनुगमन र ज्ञापनपत्र बुझाउने बहानामा कर्मचारीहरूलाई धम्क्याउने गरेको प्रहरीको दाबी छ ।

शाही पक्राउ परेको यो पहिलो पटक भने होइन । उनी यसअघि पनि पटक-पटक कानुनी फन्दामा परिसकेका छन् । पहिलो पटक वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयबाट पक्राउ, दोस्रो पटक जेनजी आन्दोलनपछि कोटेश्वरबाट पक्राउ परी धरौटीमा छुटेका थिए । तेस्रो पटक अहिले ठगी र बैंकिङ कसुरमा कालधाराबाट पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.