कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १५:३०

विराटनगर । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत मोरङको २०७३ चैत २७ गतेको फैसलाले राईलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। अदालतले दोषी ठहर गरेपछि उनी विगत ९ वर्षदेखि फरार रहँदै आएका थिए।

प्रहरीका अनुसार उनलाई पुस १६ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा आफ्नै घर वतनबाटै नियन्त्रणमा लिएको हो। पक्राउ परेका राईलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मोरङमा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.