अंशु गौतम हत्या प्रकरण : आरोपी कारागार चलान

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार ०७:३२

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत माेरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको इजलासले बिहीबार थुनछेक बहसपछि प्रतिवादी अधिकारीलाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशसँगै अधिकारीलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो । मंसिर २१ गते जग (जस्टिस फर अंशु गौतम) अपरेसन मार्फत बलात्कारपछि हत्या भएको निष्कर्षसहित अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको थियो ।

शवको अवस्था अत्यन्तै विभत्स र हृदयविदारक थियो । दुई टुक्रा पारिएको र सडिसकेको अवस्थामा शव फेला परेपछि यो घटनाले स्थानीय स्तरमा ठूलो आक्रोश र त्रास पैदा गरेको थियो ।

अंशुका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए । पर्याप्त प्रमाण र तथ्यका आधारमा अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएकाे हो ।अब यो मुद्दा जिल्ला अदालतमा नियमित सुनुवाइ पछि किनारा लाग्नेछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.