कतारमा १३ जना नेपाली कैदीले पाए आममाफी

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १३:२१

काठमाडौँ । कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यो उदार निर्णयका लागि हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ। मन्त्रालयले यस कदमलाई नेपाल र कतारबीचको प्रगाढ मित्रता र सौहार्दपूर्ण सम्बन्धको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गरेको छ। मानवीय आधारमा दिइएको यो दयालु क्षमादानले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाएको सरकारको ठहर छ।

नेपालले हालै कतारलाई दुईवटा हात्ती उपहार दिएको थियो, जसलाई कूटनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ। हाल कतारमा करिब ५ लाख नेपालीहरू कार्यरत छन् भने गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू रोजगारीका लागि कतार पुगेका थिए। आममाफी पाएका नेपालीहरूको स्वदेश फिर्तीका लागि आवश्यक समन्वय भइरहेको बुझिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.