
विराटनगर । बुद्ध एयरको जहाज शुक्रबार साँझ भद्रपुर विमानस्थलमा दुर्घटना भएको छ। धावनमार्गबाट चिप्लिएर केही पर पैनीको ढिस्कोमा गएर जहाज ठोक्किएको थियो।
जहाजमा १ जना इन्जिनियर, ४ जना चालक दलका सदस्य र ५१ यात्रु गरी ५६ जना सवार थिए ।
घटनामा ७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


























