सांकेतिक तस्बिरउदयपुर । उदयपुरको बेलका नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको छुरा प्रहार गरी हत्या गरेका छन्। बेलका नगरपालिका वडा नम्बर ३, किराँत चोकका खगेन्द्र राईले श्रीमती गंगा राईको हत्या गरेका हुन्।
प्रहरीका अनुसार आइतबार बिहान आपसी विवादका क्रममा खगेन्द्रले गंगामाथि धारिलो हतियार (छुरा) प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगालाई तत्काल उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।
श्रीमतीलाई आक्रमण गरेपछि खगेन्द्रले सोही छुराले आफ्नो शरीरका विभिन्न भागमा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। स्थानीय बासिन्दाले घटना देखेपछि तत्काल उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। हाल खगेन्द्रको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। उनको अवस्था समेत गम्भीर रहेको बताइएको छ।
अनुसन्धान सुरु सामान्य घरायसी विवादले उग्र रूप लिँदा यो घटना घटेको प्रारम्भिक अनुमान गरिएको छ।घटनाको विषयमा थप सत्यतथ्य पत्ता लगाउन इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले सुक्ष्म अनुसन्धान सुरु गरेको छ।

























