
झापा । सवारी ज्यान मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ। झापा जिल्ला अदालतको फैसलाअनुसार फरार रहेका मेचीनगर नगरपालिका–६ का ३० वर्षीय सुरेन्द्र राजवंशी पक्राउ परेका हुन्।
अदालतले २०८१ मंसिर ७ गते राजवंशीलाई ३ वर्ष कैद र २२ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोली र इलाका प्रहरी कार्यालय नकलबन्दाको संयुक्त टोलीले आइतबार बिहान ११ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो।
पक्राउ परेका राजवंशीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

























