मोरङ र सुनसरीमा ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १२:०२
सांकेतिक तस्बीर

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीले मंगलबार चेकजाँचको क्रममा ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सुनवर्षी–२ की गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मिया रहेका छन्।

यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। उता, धरान उपमहानगरपालिका–२० का जीवन राई र क्रिष श्रेष्ठलाई वडा प्रहरी कार्यालय धरानले ठुलो परिमाणको प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४०० ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.