विराटनगरमा किशोरीलाई यौन कार्यमा लगाउने र यातना दिने २ जना पक्राउ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १२:१०

विराटनगर । विराटनगरको एक गजल रेस्टुरेन्टमा किशोरीलाई बन्धक बनाएर यौन कार्यमा लगाउने र शारीरिक यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर–११ रोडशेषमा रहेको ‘भिन्तुना गीतगजल’का सञ्चालक र त्यहाँ कार्यरत एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विराटनगर–१२ का ३३ वर्षीय सञ्चालक परशुराम कामत र विराटनगर–८ का २६ वर्षीय मनिष ठाकुर रहेका छन्। झापा कनकाई नगरपालिकाकी १६ वर्षीया किशोरीलाई विगत ५ महिनादेखि सो गजलमा काम लगाइएको थियो।

सञ्चालक र कर्मचारी मिलेर उनलाई भारतीय नागरिकहरूसँग यौन क्रियाकलाप गर्न लगाएको र एउटा कोठामा राखी शारीरिक यातना समेत दिएको प्रहरीले जनाएको छ। पीडितको उद्वार गरी उनले दिएको लिखित जाहेरीका आधारमा पुस २१ गते उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूमाथि मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.