मोरङको केराबारीबाट फरार प्रतिवादी पक्राउ

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १९:१२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङको केराबारीबाट प्रहरीले बुधबार १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका–७ घर भएका ३५ वर्षीय सुजन रानामगर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दिउँसो २ः३० बजेतिर रानामगरलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन् । जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा २०७५ साल असोज १७ गते रानामगरलाई १ वर्ष ९ महिना १७ दिन कैद र १ लाख रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।

अदालतको कैद र जरिबानाको फैसला गरेको भए पनि उनी सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए । प्रहरीको खोजी सूचीमा रहेका रानामगर अदालतले दोषी ठहर गरेको ७ वर्षपछि पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको छ । प्रहरीले पेस गरेपछि अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.