पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट छात्रा घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १३, बिहीबार २०:००

विराटनगर। मोरङको पथरीशनिश्चरेमा शिक्षकको कुटाइबाट बिहीबार एक जना विद्यार्थी घाइते भएकी छन् ।

पथरीशनिश्चरे नगरपालिका–९ मा रहेको श्री सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक पवन राईले कुटपिट गर्दा कक्षा १० अध्ययनरत १७ वर्षीया जस्ना राई घाइते भएकी हुन् । सुरुमा कक्षा कोठामा विद्यार्थीबीच विवाद भएको थियो ।

Advertisement

विवाद मिलाउने क्रममा शिक्षकसँग पनि विवाद गरेको भन्दै दिउँसो ४ बजेतिर छात्रालाई कुटपिट गरिएको प्रहरीले जनाएको छ । शिक्षक पवनले प्लाष्टिकको पाइपले कुट्दा विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।

उनका अनुसार घाइते छात्राको पाखुरामाथिको पातामा चोट लागेको छ । उनलाई उपचारका लागि पथरी अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

छात्रालाई कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.