खुकुरी प्रहारबाट धरानमा १ जना घाइते

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार १९:३४
सांकेतिक तस्बिर ।

धरान । सुनसरीको धरान उपमहानगरपालिका– १० मा अहिले केही बेरअघि खुकुरी प्रहार हुँदा १ जना घाइते भएका छन् ।

मोरङका अविनाश राईले धरान–२० का २८ वर्षीय समीर राईमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट समीरको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर कोमल ठाकुरका अनुसार घाइतेलाई उपचारका लािग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविनाशले समीरलाई पछाडिबाट खुकुरी प्रहार गरेका थिए। घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि अविनाश फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको इन्स्पेक्टर ठाकुरले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.