पुरुषको हत्या आशंका

Share this
613shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार ०९:२७

सिरहा । १ जना पुरुषको हत्या भएको आशंका गरिएको छ । घाँटीमा गाम्छा बेरिएर लडिरहेको अवस्थामा शव फेला परेको छ ।

सिरहाको अर्नमा गाउँपालिका–१ बुदियाचापका ४३ वर्षीय अजय महराको हत्या भएको आशंका गरिएको हो । घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा गम्छा बेरिएको छ । डीएसपी पासवानका अनुसार घटनास्थलको प्रकृति हेर्दा हत्या भएजस्तो देखिन्छ । तर, हत्या हो कि हैन भन्ने यकिन छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.