अदालत परिसरबाटै भागे थुनुवा

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार १७:१७

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट हत्कडीसहित थुनुवा फरार भएका छन् । चोरी आरोपमा पक्राउ परेका पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही फरार भएका हुन् ।

थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो । ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.