२८ लाख २८ हजार बरामद, ३ जना पक्राउ

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार ०८:२४
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा । पर्साबाट प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रूपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवा ९ लाख ४७ हजार, वीरगञ्ज महानगरपालिका–३ का विनितकुमार श्रीवास्तव १५ लाख ८१ हजार र बाराको परवानीपुर गाउँपालिका–४ का दीपककुमार सोनार ३ लाखसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरु अवैध हुण्डी कारोबारमा संलग्न भएको हुनसक्ने पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले बताए ।

उनका अनुसार हुण्डी कारोबारको रकम ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा पक्राउ गर्दा साथबाट रकम बरामद भएको हो । बरामद भएको रकम हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको भनाइ छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.