राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारीसँग भेटियो स्रोत नखुलेको रकम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार १२:५८

विराटनगर । राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारीसँग स्रोत नखुलेको रकम भेटिएको छ । स्रोत नखुलेको २ लाख ५० हजार रूपैयाँ बरामद भएपछि अनुसन्धानका पूर्वकर्मचारी पक्राउ परेका छन् ।

रौतहटको गौरबाट सशस्त्र प्रहरीले राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी जितेन्द्र राउतलाई पक्राउ गरेको हो । गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको नगदसहित उनी पक्राउ परेका हुन् ।

Advertisement

बीआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका राउतलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ । टाउकोमा लगाएको हेलमेटभित्र लुकाएर उनले रकम ल्याउँदै थिए ।

बरामद भएको नगदसहित राउतलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । उक्त रकम अवैध हुण्डी कारोबारको हुनसक्ने सशस्त्रको अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.